श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ 

लोकपथ
252
Shares

कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् । 

सरकारी सम्पत्ति दुरुपयोग सम्बन्धमा आरोपित विक्रमसिंघेलाई आज पक्राउ गरिएको हो । 

एएफपी समाचार एजेन्सीले स्थानीय प्रहरीलाई उद्धृत गर्दै भनेको छ, ‘पूर्वराष्ट्रपति विक्रमसिंघे शुक्रबार वित्तीय अपराध जाँच विभागमा बयानका लागि पुगेका थिए । सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?