दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प

लोकपथ
385
Shares

काठमाडौं । दक्षिण अमेरिकाको तट नजिकै शुक्रबार बिहान ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण संस्था (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको हो ।

अहिलेसम्म कुनै मानविय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । तर, चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले सम्पूर्ण अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ । उक्त चेतावनीको मूल्याङ्कन भइरहेको जनाएको छ ।

यसअघि पनि मे २०२५ मा यसै क्षेत्रमा ७.५ म्याग्निच्युडकै अर्को ठूलो भूकम्प गएको थियो ।

गत जुलाई ३० मा रसियाको पूर्वी प्रायद्वीप कामचाट्कामा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । जसलाई हालसम्मको विश्वकै छैटौँ ठूलो भूकम्प मानिएको छ ।

सो भूकम्पका कारण कामचाट्कामा ५ मिटर उचाइसम्मको सुनामी आएको थियो । भवनहरूमा ठूलो क्षति पुगेको थियो भने रसिया, जापान, अमेरिका र दक्षिण अमेरिकाका तटीय क्षेत्रमा पनि सुनामीको चेतावनी जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?