काठमाडौं । नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय खोलेकी छन् ।
शुक्रबार दिउँसो पूर्वराष्ट्रपति समेत रहेकी भण्डारीले नयाँ बानेश्वरका थापागाउँस्थित भाडामा लिइएको घरमा सम्पर्क कार्यालयको उद्घाटन गरेकी हु्न् । तर भण्डारीको सचिवालयले भने मदन भण्डारीको ७५औँ जन्मजयन्तीको सञ्चालन तथा व्यवस्थापन मूल समारोह समितिको कार्यालय भनेको छ ।
मदन भण्डारीले ०४८ सालको निर्वाचनमा सम्पर्क कार्यालयको रुपमा प्रयोग गरेको उक्त घरलाई नै भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाएकी हुन् । त्यसो त यसअघि भण्डारीले समेत त्यसलाई सम्पर्क कार्यालय बनाएकी थिइन् ।
आफू सक्रिय राजनीतिमा आउने घोषणासँगै भण्डारीले राजनीतिक गतिविधिलाई अघि बढाइरहेकी छन् । आगामी वर्ष मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउने तयारीसहित बागमती प्रदेशमा पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको संयोजकत्वमा ७५ सदस्यीय व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
आजको उद्घाटन समारोहमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरु युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे समेतको उपस्थिति रहेको थियो ।
तस्बिरहरु हेर्नुहोस् :












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया