एनआरएनए युएस एनसीसी टेक्सस च्याप्टरको अध्यक्षमा निकेश पोखरेल निर्वाचित

लोकपथ
0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको निर्वाचन हालै सम्पन्न भएको छ ।

यस क्रममा एनआरएनए एनसीसी युएसए टेक्सस च्याप्टरको अध्यक्षमा निकेश पोखरेल विजयी भएका छन् ।

त्यस्तै पोखरेलको कार्यसमितिको उपाध्यक्षमा विजेन्द्र शाह तथा महिला उपाध्यक्षमा दीपादेवी अयर निर्वाचित भएका छन् ।

सचिवमा आकाश अधिकारी र महिला सचिवमा लतादेवी सुवेदी निर्वाचित हुँदा कोषाध्यक्षमा सुवास बन्जाडे तथा युथ कोअर्डिनेटरमा धर्मेन्द्र यादव निर्वाचित भएका हुन् ।

त्यस्तै एनसीसी युएस टेक्सास च्याप्टरको बोर्ड अफ डाइरेक्टरमा ४ जना निर्वाचित भएका छन् । जसमा जितेन्द्र लम्साल, अच्युत चाउरेल, विजय पोखरेल र रामजी श्रेष्ठ ‘समिर’ निर्वाचित भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

नवनिर्वाचित पोखरेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन् । साथै एनआरएनए एउटा साझा संस्था रहेको बताउँदै यसलाई सफल बनाउन सबैको साथ रहेको बताए ।

‘एनआरएनए हाम्रो साझा अभियान हो। यसलाई सफल बनाउन सबैको विचार, योजना र सुझाव अपरिहार्य छन्,’ उनले भने ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष पोखरेलले चुनौतीलाई अवसरमा बदल्न सबैको साझा प्रयास अपरिहार्य हुने उल्लेख गर्दै पुनः सबैलाई हार्दिक धन्यवाद प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?