चितवन । चितवन जिल्लामा जापानीज इन्सेफ्लाईटिस (JE) बाट तीन जनाको ज्यान गएको छ भने नौ जना सङ्क्रमित फेला परेका छन् ।
जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार, गत साउन २३ देखि भदौ ३ गतेसम्मको नमूना परीक्षणमा यी सङ्क्रमितहरू पत्ता लागेका हुन् ।
मृतकहरू भरतपुर महानगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका बासिन्दा रहेका छन् ।
जापानीज इन्सेफ्लाईटिस भरतपुर, कालिका, राप्ती, खैरहनी र माडी नगरपालिकामा भेटिएको छ। केसीले बताएअनुसार, यो रोग मुख्य रूपमा क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्छ ।
उनले सबैलाई सचेत रहन आग्रह गर्दै भने, ‘अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने र घाँटी दुख्ने लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्नुहोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया