काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास गरेको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्नि सापकोटाले सरकार अधिनायकवाद तर्फ उन्मुख भएको र उपसभामुखलाई हटाउने प्रयास भइरहेको सुन्नमा आएको बताए । उनले भने, ‘सरकार अधिनायकवाद र तानाशाहीतर्फ जाँदैछ। उपसभामुखलाई हटाउने यो प्रयास बेठिक छ ।’
सापकोटाले थपे, ‘सरकारको कदममा स्पष्ट बदनियत देखिन्छ । त्यसैले अब पार्टी अध्यक्ष सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुनेछ।’
त्यसैगरी, आजको बैठकमा स्थायी कमिटी बैठकको निर्णय योजना, कार्यान्वयन र कार्य विभाजनजस्ता विषयमा छलफल गर्ने तय भए पनि बैठक भोलि बस्ने गरी स्थगित गरिएको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया