काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले संघीय निजामती सेवा विधेयकमा तल्लोे तहका कर्मचारीलाई उपेक्षा गरिएको बताएका छन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताएका हुन् ।
उनले संविधान जारी भए लगत्तै आउनुपर्ने विधेयक ढिलो गरी आएको भए पनि केही सकारात्मक सन्देशहरू दिएको बताए।उनले विधेयकमा मस्यौदा लेखनमा सहभागी हुने तहका कर्मचारीका मागहरु सम्बोधन गरेको तर तल्लो तहका कर्मचारीहरुलाई उपेक्षित गरेको आरोप लगाए । विधायिकी प्रक्रियामा निजामती कर्मचारीहरु संसद् र सरकारभन्दा पनि प्रभावशाली हुन खोजेको भन्दै आपत्ति समेत जनाए । उनले राष्ट्रिय सभाको औचित्य पुष्टि गर्नको लागि भए पनि विधेयकबारे आएका विवादहरुलाई चिरेर पास गर्नुपर्ने धारणा राखे ।
उनले कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा समितिमा गम्भीर छलफल गर्न आवश्यक रहेको धारणा समेत राखे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया