काठमाडौं । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले स्वास्थ्य सेवाका कर्मचारीहरुका मागहरु समेत संघीय निजामती विधेयकमा समेटेर लैजानुपर्ने माग राखेका छन् ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमबार बैठकमा संघीय निजामती सेवा विधेयकमाथि सैद्धान्तिक छलफलमा बोल्दै उनले यस्तो माग राखेका हुन् ।
उनले विधेयमा साना तथा निजामती सेवा बाहिरका कर्मचारीहरुलाई पनि समेटेर अघि बढ्नुपर्ने धारणा राखे । उनले विधेयकले संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने उद्देश्य बोकेको उल्लेख गर्दे दफावार छलफलमार्फत विधेयकलाई थप समृद्ध बनाउन जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया