सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
406
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ८०० रुपैयाँले बढेको हो ।  

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन आइतबार  सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज मूल्य बढेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?