भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमणमा आउँदै

लोकपथ
133
Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री भोलि  दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन मिस्री काठमाडौं आउन लागेका हुन् । 

यसअघि नै प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनका लागि भारतको भ्रमण गर्ने अनौपचारिक समाचार सार्वजनिक भइसकेको छ ।

परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा मिस्री भदौ १ र २ गते नेपालमा रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारतले नेपालसँगको सम्बन्धलाई आफ्नो छिमेकी पहिलो नीतिअन्तर्गत उच्च प्राथमिकता दिने उल्लेख गर्दै भारतीय विदेश मन्त्रालयले दुई देशबिच ऐतिहासिक, घनिष्ठ र मित्रतापूर्ण सम्बन्ध रहेको जनाएको छ । 

हालैका वर्षमा विभिन्न क्षेत्रमा दुवै देशबिच उल्लेखनीय प्रगति भएको मन्त्रालयको भनाइ छ ।

यस पटकको भ्रमणले नेपाल–भारतबिचको उच्चस्तरीय संवादलाई निरन्तरता दिने र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन अवसर उपलब्ध गराउने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?