काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक स्थगित भएको छ ।
भूमि विधेयकमाथि छलफल गर्न बोलाइएको बैठक केही मिनेटमै स्थगित भएको हो ।
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी आन्तरिक छलफलमा व्यस्त भएपछि बैठक स्थगित गरिएको हो ।
मन्त्री बाहिरिएपछि समितिकी सभापति कुसुमदेवी थापाले सदस्यहरूलाई सरकारले परिमार्जनहित प्रस्तुत गरेको भूमि सम्बन्धी प्रतिवेदन अध्ययन गर्न निर्देशन दिइन् ।
भूमिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकको परिमार्जित मस्यौदामा सांसदहरूले विरोध जनाएपछि मन्त्रालयले अर्को मस्यौदा तयार पारी पेस गरेको हो । यस विषयमा सत्तारुढ दल कांग्रेस र एमालेबिच पनि मतभेद देखिएको छ ।
एमालेले विधेयक फास्ट ट्रयाकमा पारित गर्न खोज्दा कांग्रेसको विरोधका कारण समितिमा छलफलका लागि पठाइएको थियो ।
प्रतिनिधि सभामा बहुमतले पारित गरेपछि समेत साझा धारणा नबनाई यो विधेयक राष्ट्रियसभाबाट पारित हुन सक्ने अवस्था छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया