चक्रे मिलनलाई १ लाख १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश

लोकपथ
1k
Shares

काठमाडौं । जिल्ला अदालत भक्तपुरले गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे मिलन (मिलन गुरुङ) लाई १ लाख १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । 

न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । तोकिएको धरौटी चक्रेले बुझाइसकेका छन् । केहीबेरमा उनलाई छाडिने भएको छ । 

चक्रेविरुद्ध एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा जाहेरी परेको थियो । आफ्नो भतिज मनिष रायमाझीलाई १० भदौ २०८१ मा सानोठिमीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा आक्रमण गरेको भन्दै उनका काका दिनेशकुमार रायमाझीले जाहेरी दिएका थिए ।

चक्रेलाई बुधबार मात्रै काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए । भक्तपुरमा अर्को मुद्दा रहेकाले उनलाई त्यसपछि भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेसनमा चक्रेसहित ४७ जना पक्राउ परेकोमा २८ जनालाई छाडिएको थियो भने १९ जनालाई मुद्दा चलाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?