मनसुनको न्यून चापीय रेखा तराईबाट दक्षिणतर्फ सर्दै, आजको मौसम आंशिक बदली रहने

लोकपथ
1.1k
Shares

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरिएकाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिमका साथै पहाडी भागका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने गण्डकी प्रदेशका पहाडी तथा तराई, वाग्मती, लुम्बिनी र कर्णालीका पहाडी भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान छ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहने, ठूला–साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र प्रभावित हुनसक्ने चेतावनी दिँदै सतर्क रहन र पूर्वतयारी गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?