काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँका अनुसार उनले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा धारणा राख्ने छन् ।
ओली हालै तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई साउन २३ गते स्वदेश फर्किएका थिए । प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया