काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशन पार्टीले नबनाएको स्पष्ट पारेका छन् ।
सोमबार मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मदन-आश्रित स्मृतिमा श्रद्धाञ्जली दिन नपाउने स्थिति बनेपछि मदन भण्डारी फाउण्डेशन बनेको तर पार्टी, आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको नभएको स्पष्ट पारे ।
उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरु सामूहिक संस्था हुनुपर्ने बताए । नेताहरुको नाममा प्रतिष्ठानहरु स्थापना गर्ने र पछि व्यक्तिहरुले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।
अध्यक्ष ओलीले प्रतिष्ठानहरु ठगी खाने भाँडोका रूपमा स्थापित हुन नहुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया