आतंकवाद नियन्त्रणमा सुरक्षा मात्र पर्याप्त छैन : सांसद बस्नेत

लोकपथ
133
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद शक्तिबहादुर बस्नेतले आतंकवादविरुद्धको सफल लडाईंका लागि केवल सुरक्षा संयन्त्रको प्रयोग मात्र पर्याप्त नहुने बताएका छन् ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले भने, आतंकवाद र आतङ्कबिचको भेद छुट्याउनुपर्ने र यसको समाधानका लागि व्यापक रणनीति आवश्यक रहेको उल्लेख गरे ।

सांसद बस्नेतले सुरक्षा संयन्त्रभित्र रहेको राजनीति हटाउन नसकिने भन्दै सुरक्षा र राजनीतिबिचको सम्बन्धले आतंक र आतङ्कबिचको अन्तरसम्बन्धलाई परिभाषित गर्ने बताए । उनले भने, ‘मिलिटरी एक्टमा रहेको पोलिटिकल आत्मालाई झिकिदिने हो भने त्यसपछि बाँकी आतंक नै रहन्छ । त्यसको घनत्व, आयाम र प्रभावक्षेत्र कति छ भन्ने कुरा आतंक र आतङ्कबिचको भेद डिफाइन गर्नेछ ।’

उनले थपे, ‘सुरक्षा उपकरण मात्र आतङ्कवादको समाधान होइन, यो एक महत्वपूर्ण पक्ष हो तर मात्र होइन । हामीले सुरक्षा समस्यालाई समाजको सांस्कृतिक, सामाजिक र आर्थिक पक्षबाट पनि हेर्नुपर्छ । त्यही आधारमा रणनीति बनाउन सकियो भने मात्रै आतंकवादसँग सफलतापूर्वक जुध्न सकिन्छ ।’

पछिल्लो समय देशमा बढ्दै गएको आतंकवाद नियन्त्रणका लागि सांसद बस्नेतले सुरक्षा संयन्त्रका साथै सांस्कृतिक, सामाजिक र आर्थिक पक्षलाई समेटेर समग्र रणनीति तयार गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

उनले विविधताको सही व्यवस्थापन नगर्दा समस्या बढ्ने खतरा रहेको र त्यसतर्फ सचेत हुन आवश्यक रहेको पनि बताए । आतंकवादसँगको लडाईंमा मात्र सैन्य समाधान पर्याप्त नहुने उनको भनाइले बहुआयामिक तथा समग्र दृष्टिकोणबाट समस्या समाधानको आवश्यकता देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?