काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध आज शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको दाबीसहित अख्तियारले उन विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
मेयर साहले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत घुस मागेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । त्यसपछि अख्तियारको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा साहले कल्याणपुर नगरपालिका वडा नम्बर ६ स्थित पक्की नाला निर्माण कार्य सम्पन्नपछि भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएको पुष्टि भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । साहसँग एक लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया