काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले साउन २३ गते करिब ३ सय ९७ किलो गाँजा बरामद गरेको छ ।
बेवारिसे अवस्थामा रहेको उक्त गाँजा सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ महादेवा पोखैर नहरको झाडीबाट बरामद गरिएको हो ।
महादेवा पोखैर नहरको झाडीमा बेवारिसे अवस्थामा रहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्रसिंह धामीको कमान्डको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले १७ वटा पोकामा राखेको गाँजा फेला पारेको हो ।

त्यस्तै बारा जिल्लाको पचारौता नगरपालिका–९ बलढुसुवाको भित्री सडक खण्डबाट साउन २३ गते करिब ३२ किलो गाँजा बरामद भएको छ । साइकलमा लोड गरी बेवारिसे अवस्थामा राखेको ४ प्याकेट गाँजा सशस्त्र प्रहरी बल सुरक्षा बेस तेलकुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक सञ्जयकुमार यादवको कमान्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।
बरामद गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया