काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
आज कुल ३८ दशमलव ४० अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । नेप्सेका अनुसार आज २ हजार ९ सय १५ बिन्दुमा बजार रोकिएको छ ।
आज कुल ३ करोड ६८ लाख ७१ हजार २ सय ४४ कित्ता शेयर १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९ सय ९४ रुपैयाँ बराबरमा कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै आज कारोबारमा आएकामध्ये ५२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ, १९८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ ।
आज कारोबारमा आएकामध्ये ट्रेड टावर लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, कर्पोरेट डेभलबमेन्ट, ग्रीन डेभलवमेन्ट बैंक लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् । त्यस्तै भूगोल इनर्जी डेभलबमेन्ट कम्पनी, माइ खोला हाइड्रोपावर कम्पनी लिमिटेड, अप्पर शोलु हाइड्रोपावर कम्पनी लगायतका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया