काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।
राज्यले रविविरुद्ध प्रतिशोध साँधेको भन्दै उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध हस्ताक्षर अभियान चलाइरहेको छ ।
आइतबार दिउँसो रास्वपा पार्टी कार्यालय बनस्थली पुगेर सांसद सिंहले ऐक्यबद्धता जनाएका हुन् । यसअघि उनले सहकारी ठगीमा ठूला दलका नेताहरु मुछिएको भन्दै रविमाथि अन्याय भएको बताउँदै आइरहेका थिए ।
आज हस्ताक्षर अभियानमा सहभागि हुँदै सिंहले ठूला दलका नेताहरुले सहकारीमा ठूलो घोटला गरेको तर रविलाई मात्रै फसाइएको टिप्पणी गरे ।
रास्वपाले गत असार ७ गतेबाट हस्ताक्षर अभियान चलाइरहेको छ । बिहीबारसम्म रास्वपाले साढे २७ लाख हस्ताक्षर संकलन गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया