काठमाडौं । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको १५औँ महाधिवेशन २०८३ सालको मंसिरभित्रै सम्पन्न हुने स्पष्ट पारेका छन् ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले चार वर्षे कार्यकाल आगामी मंसिरमा सकिने र विधानअनुसार एक वर्षको म्याद थप गर्न मिल्ने व्यवस्था रहेको जानकारी दिए । सिटौलाले अहिलेसम्म पार्टीको महाधिवेशन पाँच वर्षमै हुँदै आएको स्मरण गराउँदै १५औँ महाधिवेशन पनि त्यसअनुसार नै हुने बताए ।
‘महाधिवेशन २०८३ को दशैँको सेरोफेरोमा हुन्छ,’ उनले भने, ‘नेपाली काँग्रेसको महाधिवेशन आजसम्म ५ वर्षमै भएको छ । नवौं, दशौं, एघारौँ, बाह्रौं, तेह्रौं र चौधौँ महाधिवेशन पाँच वर्षमै भएको हो, ४ वर्षमा कहिल्यै भएको छैन ।’
उनले वर्तमान नेतृत्वको कार्यकाल यस मंसिरमा पूरा हुने र क्रियाशील सदस्यता नवीकरण प्रक्रिया अझै सम्पन्न नभएकाले महाधिवेशन मंसिर अगाडि सम्भव नरहेको पनि प्रस्ट पारे । पार्टीले असोज मसान्तसम्म क्रियाशील सदस्यता टुंग्याउने लक्ष्य राखेको हुँदा त्यसपछि मात्रै महाधिवेशन प्रक्रिया अघि बढ्ने उनले बताए ।
सिटौलाले २०८३ सालको दशैँअघि वा त्यसपछिको मंसिरमै महाधिवेशन गरिनुपर्नेमा जोड दिँदै समय थप गर्न सकिने प्रावधान भए पनि मंसिरपछि ढिलो गर्न नहुने स्पष्ट पारे ।
उनका अनुसार, पार्टी विधानअनुसार अधिकतम एक वर्षको म्याद थप्न पाइने भए पनि त्यसलाई असाध्यै पछाडि सार्न मिल्दैन र पार्टीभित्र पनि त्यसप्रति सहमति रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया