काठमाडौं । बागमती प्रदेश सरकारका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ रहेका छन् ।
राजीनामा दिएका चारवटै मन्त्रीहरु नेपाली कांग्रेसका हुन् ।
हाल मुख्यमन्त्री बहादुरसिंह लामा काठमाडौंमा रहेका छन् । केही दिनअघि विदेश भ्रमण सकेर स्वदेश फर्किएका लामा काठमाडौंमा रहँदा मन्त्रीहरुले ह्वाट्सएपबाट राजीनामा पठाएको लामा निकट स्रोतले लोकपथलाई जानकारी दियो ।
पछिल्लो समय बागमती प्रदेशभित्र नेपाली कांग्रेसको राजनीतिमा हलचल मच्चिरहेको छ । जसका कारण कांग्रेसको अर्को समूहबाट सरकारमा सामेल मन्त्रीहरुले राजीनामा पठाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया