छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला

लोकपथ
518
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीले जारी गरेको बुलेटिनमा सल्यान, नुवाकोट र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेको जनाएको हो ।

सल्यानको बागचौर नगरपालिका–१० दुबेचौर बस्ने ४४ वर्षीय लाल सिंह खड्का आफ्नै घर नजिक मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै नुवाकोट, विदुर नगरपालिका–९ किम्ताङ टोल बस्ने केशव तामाङको छोरा ४ वर्षीय दिक्षान्त तामाङ सोही ठाउँस्थित छिमेकीको घरको कम्पाउण्डमा रहेको पानीको ट्याङकीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार रूपन्देही, तिलोत्तमा नगरपालिका–१४ बाघदुरा घर भएका ७४ वर्षीय होम बहादुर कार्की सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

छुट्टाछुट्टै घटनाका सन्दर्भमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?