मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा, तीन भारतीय घाइते

लोकपथ
203
Shares

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा चलिरहेको कारमा माथिबाट खसेको ढुंगा लागेर तीन जना भारतीय नागरिक घाइते भएका छन् ।

आज दिउँसो इच्छाकामना गाउँपालिका–५ मा पर्ने तुइन खोलामा माथिबाट अचानक ढुंगा खस्दा भारतीय नम्बर प्लेट रहेको युपी ८० जीपी २९२८ नम्बरको कारमा लागेको थियो । पाँच जना सवार कारमा ढुंगा खस्दा पछाडि सिटमा बसेका तीन जना यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये चालक ४२ वर्षीय रतेन्द्र यादवको बायाँ हातमा चोट लागेको छ । ३३ वर्षीय हर्मोन यादवको ढाडमा र ३५ वर्षीय हितेन्द्र यादवको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूको अवस्था गम्भीर भने नरहेको र उनीहरूलाई नजिकैको मेडिकलमा उपचारका लागि पठाइएको छ ।

घटनाको बेला सडकखण्ड क्षेत्रमा वर्षा भइरहेकाले ढुंगा खसेको अनुमान गरिएको छ । दुर्घटनापछि प्रहरी टोली घटनास्थलतर्फ पुगेको छ र थप विवरण संकलनको काम भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?