काठमाडौं । वरिष्ठ गायिका चन्द्रकला शाह र वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८१’ प्रदान गरिएको छ ।
भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरले कुपण्डोलमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई जनही एक लाख रुपैयाँ, दोसल्ला र ताम्रपत्रसहित सम्मान गरिएको हो ।
त्यसैगरी, दिवंगत कलाकार घनश्याम गौतमलाई ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान–२०८१’ मरणोपरान्त प्रदान गरियो, जसलाई उनकी धर्मपत्नी यूगज्योति क्रियाशिलले ग्रहण गरिन् ।
कार्यक्रममा सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुरजकुमार थापा र निशा देसारले भक्तराज आचार्य तथा सम्मानित कलाकारका गीतहरू प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया