काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश भारतको भ्रमणमा जाने निश्चित भएको छ ।
प्रधानमन्त्री ओली आगामी भदौ ३१ अर्थात् सेप्टेम्बर १६ का लागि तय भएको हो ।
ओली पछिल्लोपटक प्रधानमन्त्री बनेको एकवर्षपछि बहुप्रतिपक्षीत रुपमा रहेको भारत भ्रमणको मिति तय भएको हो ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण अहिलेसम्मकै छोटो हुने बताइएको छ ।
ओली सेप्टेम्बर १६ मा भारत भ्रमणमा गएर सेप्टेम्बर १७ मा नेपाल फर्किनेछन् ।
त्यसो त प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनको भ्रमणमा ०८१ मंसिरमा गएका थिए । तर भारतबाट निमन्त्रणा नआउँदा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भ्रमण निश्चित गर्न दौडधुप नै गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया