सुतिरहेकै बेला पहिरोले घर पुरियो, वृद्ध दम्पतीको मृत्यु, बुहारीले भागेर ज्यान जोगाइन्

लोकपथ
7.6k
Shares

काठमाडौं । पर्वतको मोदी गाउँपालिका–३ लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता भएका छन् । उनीहरूका बुहारीले भनेर भागेर ज्यान जोगाएका छन् । 

आज आइतबार बिहान करिब ४ बजेतिर पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएको र ३२ वर्षीया बुहारी पवित्राले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । उनीहरू सुतिरहेको अवस्थामा पहिरोले घर पुरिएको ,थियो । 

गाउँपालिका अध्यक्ष हीरादेवी शर्माका अनुसार, बेपत्ता भएकाहरूको खोजीकार्य जारी छ ।

उनका अनुसार नातिनातिनी मामा घर गएकाले जोगिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?