सुनसरी । जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाको आसपास तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज बिहान सार्वजनिक गरिएको सूचनामा विभागले तीव्र वर्षा भइरहेको र मौसम प्रणाली अझै सक्रिय रहेकाले बाढीको सम्भावना बढेको जनाइएको छ । विभागका अनुसार विशेष गरी आज दिउँसोसम्म ती खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेकाले खतराको अवस्था सिर्जना हुन सक्छ ।
यसैबिच, इटहरी उपमहानगरपालिका–३, २, ६ र ७ का केही स्थानमा बाढी पसेको छ । स्थानीय तहले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सुरक्षात्मक उपाय अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित निकाय र उद्धार टोलीहरू तयारी अवस्थामा रहन विभागले अनुरोध गरेको छ भने नागरिकलाई अनावश्यक जोखिम नलिन, नदी किनार र तटीय क्षेत्रबाट टाढा रहन समेत अपिल गरिएको छ ।
बाढीका कारण जनधनको क्षति हुन नदिनका लागि स्थानीय सरकार, सुरक्षा निकाय र नागरिक समाज मिलेर सामूहिक रूपमा पूर्व तयारी र सतर्कता आवश्यक रहेको विज्ञहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया