काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम तथा मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतर्फ सरेको छ भने पूर्वी भागमा सामान्य स्थानको आसपासमा रहेको छ ।
यसको प्रभावस्वरूप कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली छ भने अन्य भागहरूमा आंशिक बदली देखिएको छ। ती क्षेत्रका एक–दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो अधिकांश भागमा सामान्य बदली रहने अनुमान गरिएको छ । विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशसहितका पहाडी भूभागहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि अत्यधिक भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने केही क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले विशेषगरी भारीदेखि धेरै भारी वर्षा हुनसक्ने क्षेत्रहरूमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम उच्च हुने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया