बैंकिङ कसुर मुद्दाका फरार ५० वर्षीया तेजुमाया गुरुङ पक्राउ

लोकपथ
1.5k
Shares

काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहरिएकी फरार प्रतिवादी तेजुमाया गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–४ सुकेधारामा बसोबास गर्दै आएकी इलामको सन्दकपुर गाउँपालिका–२ माइमाजुवा स्थायी निवासी ५० वर्षीया गुरूङलाई शुक्रबार पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनले २०७९ साउन १७ गते गरेको फैसलामार्फत गुरूङलाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना, ३ दिन कैद सजाय र १६ हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउनुपर्ने निर्णय गरेको थियो ।

फैसलापछि फरार रहेकी गुरूङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुकेधाराबाट पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?