काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८, पौवास्थित भित्री सडकखण्डमा शनिबार दिउँसो यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
रामेछापबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बसमा सवार ३२ जनामध्ये २३ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अन्य सामान्य अवस्थामा छन् ।
उनीहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
घाइतेहरूको विवरणः
(नाम, ठेगाना र चोट विवरणसहित)
भिम बहादुर मगर : दोरम्बा–२, रामेछाप – मुख र घुँडामा चोट (मध्यम)
नम्बर सिंह तामाङ : दोरम्बा–७, रामेछाप – मुख र घाँटीमा चोट (मध्यम)
फुल माया तामाङ : दोरम्बा–४, रामेछाप – टाउकोमा चोट (मध्यम)
राम बहादुर चापागाईं : चौरिदेउराली–३, काभ्रे – कम्मरमा भित्री चोट (मध्यम)
मिन बहादुर वि.क : चौरिदेउराली–५, काभ्रे – दाहिने आँखा र देब्रे कुममा चोट (मध्यम)
भुवन थापा मगर : दोरम्बा–७, रामेछाप – ओठमा चोट (सामान्य)
कमल सुनार : अजिरकोट–४, गोरखा – च्यापुमा चोट (मध्यम)
सुवास तामाङ : चौरिदेउराली–३, काभ्रे – च्यापुमा चोट (मध्यम)
निर्मला खत्री : चौरिदेउराली–५, काभ्रे – देब्रे हातमा चोट (सामान्य)
सरोज रसाईली : चौरिदेउराली–९, काभ्रे – देब्रे हातमा चोट (सामान्य)
राम गौतम : चौरिदेउराली–२, काभ्रे – छाति र गालामा चोट (मध्यम)
सरोज विक : चौरिदेउराली–४, काभ्रे – टाउको र देब्रे खुट्टामा चोट (मध्यम)
दोर्जे लामा : चौरिदेउराली–३, काभ्रे – छातीमा भित्री चोट (मध्यम)
प्रकाश गौतम : चौरिदेउराली–३, काभ्रे – छातीमा चोट (सामान्य)
असलमान तामाङ : दोरम्बा–७, रामेछाप – कोखा दुखेको (सामान्य)
सुकलाल लामा : दोरम्बा–७, रामेछाप – छाती र दाहिने घुँडामा चोट (मध्यम)
शेर बहादुर तामाङ : दोरम्बा–७, रामेछाप – कोखामा दुखाई (सामान्य)
तारा बहादुर श्रेष्ठ : दोरम्बा–४, रामेछाप – मुखमा चोट (सामान्य)
दिव्या थापा मगर : दोरम्बा–७, रामेछाप – दाँतमा चोट (सामान्य)
चेत बहादुर श्रेष्ठ : दोरम्बा–४, रामेछाप – कम्मरमा भित्री दुखाई (मध्यम)
माईली तामाङ : चौरिदेउराली–३, काभ्रे – छातीमा भित्री चोट (सामान्य)
मैया बुढाथोकी : चौरिदेउराली–५, काभ्रे – टाउको र दाहिने हातमा चोट (मध्यम)
जनक रिजाल : चौरिदेउराली–५, काभ्रे – कम्मरमा भित्री दुखाई (मध्यम)
प्रहरीका अनुसार अन्य यात्रुको अवस्था सामान्य छ । घटनाको विस्तृत विवरण संकलन र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया