सर्पको टोकाइबाट महिलाको मृत्यु भएपछि कञ्चनपुरमा छाउगोठ भत्काउने अभियान सुरु

लोकपथ
371
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले छाउगोठ भत्काउने अभियान सञ्चालन गरेको छ । कृष्णपुर नगरपालिका–१ निगालमा महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेकी २८ वर्षीय कमला दमाईको सर्पको टोकाइबाट मृत्यु भएपछि प्रशासनले यो अभियान थालेको हो । 

प्रमुख जिल्ला अधिकारी लक्ष्मण भण्डारीले जिल्लाका विभिन्न स्थानमा रहेका छाउगोठ भत्काउने अभियान सुरु गर्न निर्देशन दिएका हुन् ।

उनले आज विज्ञप्ति जारी गर्दै जिल्लाको भीमदत्त, दोधारा चाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकालाई आवश्यक निर्णयसहित छाउगोठ भत्काउने कार्य तत्काल सुरु गर्न निर्देशन दिएका हुन् ।   

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनालाई ध्यानमा राखी छाउपडी गोठ भत्काउने सन्दर्भमा यस जिल्ला अन्तर्गतका सबै स्थानीय तहमार्फत विशेष अभियान सञ्चालन गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत प्रचार–प्रसार गर्ने र आवश्यक परेको खण्डमा सुरक्षा व्यवस्था मिलाएर सो अभियान सञ्चालन गर्न–गराउन अनुरोध छ ।‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?