गुल्मी । गुल्मीको कालिगण्डकी करिडोर सडक आइतबार बिहान ठूलो पहिरो खस्दा पूर्णरूपमा अवरुद्ध भएको छ ।
कालिगण्डकी गाउँपालिका–६ बर्लवा र वडा–१ गरगरे क्षेत्रमा चट्टानसहितको पहिरो खस्दा सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
सडक खुलाउन इलाका प्रहरी चौकी भुर्तुङबाट टोली खटिएको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको उनले बताए ।
मनसुन सुरु भएसँगै यो सडक पटक–पटक पहिरोले अवरुद्ध हुँदै आएको छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया