काठमाडाैं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको सर्पको टोकाइबाट मृत्यु भएको छ ।
शनिबार राति करिब १२:३० बजे बायाँ गालामा सर्पले टोकेपछि गम्भीर घाइते भएकी आउजीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिए ।
भारतमा रहेका श्रीमान् र तीन सन्तानकी आमासमेत रहेकी आउजी महिनावारीका कारण छाउगोठमा सुतिरहेकी थिइन् ।
सुदूरपश्चिममा छाउपडी कुप्रथाविरुद्ध अभियान चलिरहेका भए पनि अझै पूर्ण रूपमा अन्त्य भइनसकेको अवस्थाले फेरि एक दुःखद घटना घटाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया