काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ । मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानमा र पश्चिममा सामान्यतः उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली तथा अन्य भागमा आंशिक बदली रहेको छ । लुम्बिनी र कर्णालीका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार प्रमुख नदीहरू कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका नदीहरू सतर्कता तहभन्दा तल बगिरहेका छन् ।
तर, बारा, पर्सा, रौतहट, काठमाडौं उपत्यकासहितका जिल्लामा बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, मध्य तथा पश्चिमी पहाडी जिल्लाहरू-जस्तै सोलुखुम्बु, गोरखा, धादिङ, म्याग्दी, प्युठान, बैतडी आदि क्षेत्रमा पनि साना नदीहरूको बहाव बढ्ने सम्भावना मध्यम रहेको छ ।
भोलि कोशीदेखि सुदूरपश्चिमसम्मका प्रदेशहरू हुँदै बहने साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया