काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा पनि विराटनगर किङ्सबाटै खेल्ने भएका छन् ।
विराटनगरले शनिबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई मार्की खेलाडीका रूपमा रिटेन गरिएको जानकारी दिएको हो । पहिलो सिजनमा विराटनगरका कप्तान रहेका सन्दीपलाई दोस्रो सिजनका लागि पनि टोलीको मुख्य हिस्सा बनाइएको छ ।
यद्यपि पहिलो सिजनमा विराटनगरको प्रदर्शन कमजोर रह्यो । टोलीले ७ खेलमध्ये २ मा मात्र जित हात पार्दै ८ टिममध्ये सातौं स्थानमा समापन गरेको थियो ।
गत सिजन विराटनगरबाट लोकेश बम, बसिर अहमद, कमल खत्री, दिपक बोहरा, सुवास भण्डारी, अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी मगर, प्रतिश जीसी र नरेन भट्टले खेलेका थिए । यिनैमध्येबाट ६ खेलाडीलाई रिटेन गर्ने तयारीमा क्लब जुटिरहेको छ ।
एनपीएलको नियमअनुसार दोस्रो सिजनका लागि प्रत्येक टिमले एक जना मार्की खेलाडीसहित ६ अन्य खेलाडीलाई रिटेन गर्न पाउने व्यवस्था छ । साथै, आउँदो अगस्टमा एनपीएलको मिनी अक्सनसमेत आयोजना हुने तय भइसकेको छ ।
सन्दीपको उपस्थितिले दोस्रो सिजनमा विराटनगरको प्रदर्शनमा सुधार आउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया