पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने

लोकपथ
5.4k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि आफूले पाएका सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरिरहेकी छिन् ।

शितल निवासबाट आफूलाई पूर्वराष्ट्रपतिको हैसियतमा दिइने सेवासुविधा छोडेर आफ्नै निवासमा फर्किएकी भण्डारीले अब बाँकी सेवासुविधा पनि फिर्ता गर्ने तयारी गरेको निकट स्रोतले जानकारी दिएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सेवासुविधा फिर्ता गर्ने पत्र पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

सरकारले हालसम्म पूर्वराष्ट्रपतिलाई दुई जना निजी सचिवको तलब, सुरक्षाकर्मीको बस्ने घरको भाडा र गाडीको इन्धन खर्च बेहोरेको छ । तर, भण्डारीले शितल निवास छाडेपछि ती सुविधा र तलब लिएको छैनन् ।

गत असार १४ गते मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको घोषणा गरेकी थिइन् । यो कदमसँगै उनी एमालेको सक्रिय राजनीतिमा फर्कने संकेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?