नेकपा एसको सचिवालय बैठक जारी, पतञ्जलि प्रकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल

लोकपथ
504
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को सचिवालय बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरअघि सुरु भएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति र केन्द्रीय कमिटीले गरेका निर्णयहरूको कार्यान्वयनबारे छलफल भइरहेको छ।

बैठकमा हालै अख्तियारले दायर गरेको पतञ्जलि जग्गा प्रकरणसम्बन्धी मुद्दामा विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाडेको विषय पनि एजेन्डामा रहेको छ।

उक्त प्रकरणमा भ्रष्टाचारको मुद्दा दर्ता भएपछि पार्टीभित्र ती नेतामाथि कार्यवाहक सभापति र संसदीय दलको नेता पदमा निरन्तर रहन उपयुक्त नहुने भन्दै आन्तरिक दबाब बढिरहेको छ। बैठकमा यस विषयमा समेत गम्भीर छलफल र निर्णय हुन सक्ने जनाइएको छ।

पार्टी नेतृत्वले पछिल्लो घटनाक्रमका बारेमा साझा धारणा बनाउन र आगामी रणनीति तय गर्न बैठकलाई महत्त्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?