काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफल भइरहेका विधेयक पारित हुन ढिलाइ हुनुमा सरकार आफै जिम्मेवार रहेको आरोप लगाएका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले गृहमन्त्रीले विधेयक छिटो अघि बढाउनुपर्ने भनाइ राखे पनि त्यसअनुसारको कार्यान्वयन नभएको गुनासो गरे। ‘विधेयक छिटो गर्नुपर्ने कुरा माननीय गृहमन्त्रीज्यूले समितिमा आएर सधैँ भन्नुहुन्छ, तर सरकारकै कारणले गर्दा विधेयक अघि बढ्न सकेको छैन,’पाण्डेले भने, ‘सरकारले विधेयकलाई गम्भीरतापूर्वक लिन जरुरी छ।’
उनले समितिका सभापति तथा नेतृत्व पक्षबाट समेत आवश्यक पहलकदमी नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे। ‘हाम्रो सभापतिज्यूले पनि, चाहे त्यो अख्तियारसम्बन्धी विधेयक होस् वा निजामती विधेयक, त्यसमा पर्याप्त चासो देखाउनु भएको छैन,’उनले भने, ‘समितिको नेतृत्वबाट पनि स्पष्ट पहल हुन सकेको छैन।’
पाण्डेले ढिलाइको अन्त्य गर्दै आवश्यक विधेयकहरू यथाशीघ्र अघि बढाउन सरकार र समितिको दुवै पक्षलाई गम्भीर बन्न आग्रह गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया