संसदीय समितिमा प्रचण्डको सहभागिता, सुशासनमाथि गम्भीर छलफल

लोकपथ
812
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन्।

सामान्यतः शीर्ष नेताहरू संसदीय समितिका बैठकमा कम सहभागी हुने गरेको अवस्थामा प्रचण्डको उपस्थिति विशेष रूपमा उल्लेखनीय बनेको हो। बैठकमा गृहमन्त्री रमेश लेखक र रक्षा मन्त्री मानवीर राई पनि सहभागी छन्।

बैठकमा समसामयिक राज्य प्रणाली, सुशासनसम्बन्धी विषयहरू, सार्वजनिक सेवाको पारदर्शिता र संस्थागत सुधारका सन्दर्भमा छलफल भइरहेको छ।

विशेषगरी, पछिल्लो समय समितिहरूको प्रभावकारिता र राजनीतिक नेतृत्वको सहभागिता सम्बन्धी प्रश्न उठिरहेका बेला प्रचण्डलगायत शीर्ष नेताहरूको उपस्थितिलाई संसदीय प्रक्रियाको सुदृढीकरणतर्फ सकारात्मक संकेतको रूपमा हेरिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?