बाढीपहिरो : ९ वटा सडकखण्डमा अवरोध, चरिकोट–मन्थली सडक खुल्यो

लोकपथ
987
Shares
फाइल तस्बिर

काठमाडौं । केही दिनदेखिको अविरल वर्षाका कारण देशभरका धेरै सडकखण्डहरुमा अवरोध सिर्जना भएको छ ।

नेपाल प्रहरीले १० बजे बुलेटिन जारी गर्दै राजमार्गहरुको अवस्थाबारे जानकारी गराएको हो । जसअनुसार १० वटा राजमार्गमा अवरोध सिर्जना भएकोमा चरिकोट–मन्थली सडकखण्ड पूर्ण रुपमा सञ्चालनमा आएको छ, भने अन्य ९ वटा राजमार्ग र सडकखण्डमा अवरोध सिर्जना भएको हो ।

प्रहरीका अनुसार गत असार १ गते पहिरोका कारण अवरुद्ध रवि राके भेडेटार सडक अहिले एकतर्फी मात्रै सुचारु भएको थियो । त्यस्तै नवलपरासी अन्तर्गत पर्ने महेन्द्र राजमार्ग बाढीका कारण असार ६ गतेबाट पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

यता डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–१ छलघाट अन्तर्गत पर्ने भेरी करिडोर एकतर्फी रुपमा मात्रै सुचारु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?