ललितपुर महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, ‘रणनीतिक सांस्कृतिक सडक’ निर्माणमा प्राथमिकता

लोकपथ
84
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार बसेको सातौँ नगरसभामा महानगर प्रमुख चिरिबाबु महर्जनले नीति तथा कार्यक्रम पेस गर्दै सांस्कृतिक र रणनीतिक सडक निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिए ।

नीति तथा कार्यक्रममा पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल र हरिसिद्धि क्षेत्रलाई समेटेर ‘रणनीतिक सांस्कृतिक सडक’ निर्माण गरिने उल्लेख छ । यस अवधारणाले ती वडाहरूलाई सांस्कृतिक वडाको रूपमा विकास गर्न टेवा पुग्ने प्रमुख महर्जनले बताए ।

त्यस्तै, दीर्घकालीन महत्त्व बोकेका सडकहरू पहिचान गरी रणनीतिक सडकका रूपमा वर्गीकरण गरिनेछ । साथै, महानगर र वडा तहमा निर्माण हुने सडकहरू समेत वर्गीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?