रास्वपाले भिजिट भिसा प्रकरणमा संसद्को आन्दोलन अझै चर्काउने (निर्णयसहित)

लोकपथ
756
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा काण्डमा संसदमा संसदीय दलबाट भएको काम प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ । 

बुधबार बसेको रास्वपा सचिवालय बैठकले यो निर्णय गरेको हो । 

बैठकले  असार ७ गते आन्दोलनकै रूपमा पार्टी स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ । ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने रास्वपाको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?