गृहमन्त्री रमेश लेखकसँग सभामुख घिमिरेको छलफल

लोकपथ
1.9k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख घिमिरे र गृहमन्त्री लेखकबिच छलफल भएको हो ।

संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निरन्तर गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध जनाउँदै आइरहेको छ ।

रास्वपाले निरन्तर गृहमन्त्रीको राजीनामा मागेर संसदमा अवरोध गरेपछि सभामुखले गृहमन्त्रीसँग छलफल गरेका हुन् ।
आजको छलफलमा यसअघि सत्तारुढ र विपक्षी दलहरुबिच भएको २ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

त्यसपछि सभामुख घिमिरे संघीय संसद भवनस्थित आफ्नो कार्यकक्षमा विपक्षी दल रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?