‘निलो रिबन’ भिरेर संसद पुगे रास्वपा सांसदहरु

लोकपथ
3k
Shares

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले निलो रिबन भिरेर संसद भवन पुगेका छन् ।

गृहमन्त्रीको राजीनामा माग गर्दै यसअघि निरन्तर संसदमा विरोध जनाउँदै आइरहेका छन् । तर सरकारले निरन्तर पेलेर संसद अघि बढाएपछि विरोधस्वरुप ‘निलो रिबन’ भिरेर संसद भवन प्रवेश गरेका हुन् ।

मानव तस्करीविरुद्धको अभियानस्वरुप निलो रिबन भिरेर संसदमा पुगेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै रास्वपाले राजीनामा माग्दै आइरहेको छ ।

रास्वपाले गत जेठ १३ गतेयता निरन्तर संसद बैठकमा अवरोध गर्दै आइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?