काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न तीन तहकै सरकारहरु मिलेर काम गर्न जरुरी रहेको बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनका असरहरु कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने जरुरी रहेको बताए । उनले अन्तर्राष्ट्रिय स्तरमा नेपालका पहलहरुलाई तीव्र रुपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
मन्त्री ठकुरीले संसद्मा क्लाइमेट एलाइन्स बनाउने गरी अघि बढिरहेको बताए ।
मन्त्री ठकुरीले भने, ‘हामी तीन तहकै सरकारहरु मिलेर हाम्रो साझा चुनौतीका रुपमा रहेको जलवायु परिवर्तनका असरहरु कम गर्न हामी स्वयं आफैँले पहल गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रा पहलहरुलाई तीव्र रुपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । हामी सबै देशमा क्रियाशील राजनीतिक दल, नेपाल सरकार, गैर सरकारी संस्थाहरु, अन्तर्राष्ट्रिय साझेदारहरुको सबैको सहयोग र समन्वयमा २५ बुँदे कार्ययोजना क्रमशः लागू गर्दै हामीले यो अभियान पूरा गर्न अघि बढ्नुपर्छ ।’
मन्त्री ठकुरीले जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया