काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले मुलुकमा सुशासन अभावका कारण राजश्व र पुँजीगत खर्च समेत घट्दै गएको कारण सुशासन प्रवर्द्धन विधेयक ल्याएको बताएका छन् ।
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले शासन प्रणालीसँग जोडिएका अधुरा र अपूरा कानुनहरूलाई पूर्णत दिनको लागि विधेयक अपरिहार्य ठानेर ल्याइएको दाबी गरे ।
उनले मुलुकमा सुशासन कायम गर्नको लागि वाधक रहेका कानुनहरूमा सुधार गरी सार्वजनिक सेवा प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक ठानेर सरकारले विधेयक ल्याएको बताए ।
उनले प्रभावकारी सेवा र न्याय दिनको लागि नै सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया