राप्रपाको आन्दोलनमा जोडिए दुर्गा प्रसाईँ

लोकपथ
294
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको विरोध प्रदर्शनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ जोडिएका छन् ।

बुधबार काठमाडौंमा राप्रपाले राजतन्त्रको समर्थनमा विरोध प्रदर्शनसहित मोटरसाइकल र्‍याली गरेको थियो ।

नारायणहिटीबाट सुरु भएको मोटरसाइकल र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरुको समेत सहभागिता रहेको थियो । सो क्रममा मेडिकल व्यवसायी प्रसाईँ समेत सहभागि भएका हुन् । उनी अध्यक्ष लिङ्देनसहितका शीर्ष नेताहरुको साथमा देखिँदा राप्रपाका नेता कार्यकर्ताहरुले स्वागतमा नाराबाजी गरेका थिए ।

त्यसो त ०८० साल मंसिर ७ गते काठमाडौंमा उनै प्रसाईँले ठूलो आन्दोलन गरेका थिए । निरन्तर आन्दोलन गरेर राजालाई पुनः गद्धीमा फर्काउने उद्घोषसहित आन्दोलन गरेका प्रसाईँ नेतृत्वको आन्दोलन समयक्रमसँगै विलिन हुँदै गएको थियो ।

आज राप्रपाले ‘हाम्रो राजा आउँदैछन्, नारायणहिटी खाली गर’ भन्दै नाराबाजी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?