काठमाडौं । सभामुख देवराज घिमिरेले शहीदहरूको अधुरो सपना पूरा गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा सुखानी आन्दोलनका शहीदहरूको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक उद्देश्यमा एउटा सफलता नेपालले प्राप्त गरेको भए पनि समाजलाई दिनुपर्ने सुविधा, सहुलियत र जीवनलाई, शासन प्रणालीलाई स्वस्थ ढंगबाट अगाडि लैजाने कुरामा चुनौतीहरू देखिएको बताए ।
शहीदहरूको बलिदानलाई खेर जान दिनु नहुने उनको भनाइ छ । शहीदहरूको अधुरो सपना साकार पार्न अहिलेका पिंढीले काम गर्नुपर्ने बताए ।
सुखानी आन्दोलनका शहीदहरू स्व. रामनाथ दाहाल, स्व. नेत्र घिमिरे, स्व.वीरेन राजवंशी, स्व.कृष्ण कुईंकेल, स्व. नारायणप्रसाद श्रेष्ठ, नारदमुनि थुलुङ र चिनियाँलाल सिंहको तस्बिर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया