काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वातावरण क्षेत्र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
मंगलबार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वन तथा वातावरण अहिलेको हिसाबले अझै चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ ।
उनले नेपालको वन क्षेत्र ४६ प्रतिशत पुगिरहेको बताउँदै वनको विकासको संरक्षणर संवर्द्धन गर्न सरकारले आफ्ना योजनाहरू बनाएर काम गरिरहेको बताए । नेपाल वन प्राविधिक परिषद् बनाउने कुरामा सरकारले आवश्यक गृहकार्य गरिरहेको र चाँडै परिषद् गठन गरेर वन प्राविधिकका समस्या समाधान गरेको बताए । मन्त्री ठकुरीले दिन प्रतिदिन जलवायु परिवर्तनका असर र प्रभावहरू बढिरहेकाे बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया